मंगलबार, फागुन ६, २०८१

बाढीले बझाङमा बसपार्क बगायो, सदरमुकाम उच्च जोखिममा

मेरोन्यूज २०७८ कार्तिक २ गते १४:२३

बझाङ । अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले बझाङ उच्च जोखिममा परेको छ । मौसममा आएको परिवर्तनसँगै आइतबारदेखि भएको अविरल वर्षाका कारण सेती, कालंगा नदी र बाहुली खोलालगायत साना ठूला खोलामा पानीको बहाव बढेको छ ।

Advertisement
IMEnabil

नदीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय बझाङले सूचना प्रकाशित गरी बाढीले खतराको संकेत नजिक पुगेकाले सावधानी अपनाउन सबैसँग आग्रह गरेको छ । नदीको बहाव बढेकाले काठ उतार्न, माछा मार्न, पानीसँग खेल्न र नदी खोला नजिक नजान सबैमा आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नदी, खोला नजिक गएर दाउरा, बालुवा, गिट्टी, संकलन नगर्न र नदी खोलामा नुहाउन, माछा मार्न तथा जरुरी कामबाहेक एक्लै हिँड्ने काम नगरी उच्च सर्तकता अपनाउन पनि स्थानीय प्रशासनले सबैसँग आग्रह गरेको छ ।

सेती नदी र बहुलीगाड खोलामा पानीको बहाव बढेपछि बझाङ सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा छ । जोखिम बढेसँगै सदरमुकामवासीमा कुन बेला सदरमुकाम बगाउने हो भन्ने चिन्ता छाएको स्थानीयवासी निरनराम जोशीले बताए । उनले भने, “सेती र बाहुली खोलाले सदरमुकाम आसपासको कतै न कतैको जमिन हरेक वर्ष कटान गरेकै हुन्छ ।’

बहुलीगाडले बेला बेलामा आफ्नो धार परिवर्तन गर्दै आएको छ । सदरमुकामको पूर्वी भागबाट बग्ने सेती नदी र पश्चिमी क्षेत्रबाट बग्ने बाहुलीगाडमा बाढी आएमा एउटै रेखामा पर्न सक्ने र यसले सदरमुकामको अस्तित्व नै समाप्त पार्न सक्ने खतरा छ । बाहुली खोलाको वितण्डापछि सदरमुकाम बचाउन अभियान सञ्चालन गरेपछि सेती नदी र बाहुलीगाडतर्फ तटबन्धन निर्माण गरिएको छ ।

लगातारको वर्षाका कारण बाहुलीखोलामा आएको बाढीले आरसीसी गरिएको तटबन्ध बगाएको छ । खोला छेउमै रहेको चैनपुर बसपार्क पनि बगाएको छ ।

त्यस्तै सिमखेत बजारका एउटा अटोपार्टस बगाएको छ भने एक घर जोखिममा छ । बाहुली खोला किनारमा रहेका बङ्गुर र कुखुराका खोर बगाएको छ ।

प्रतिक्रिया