शनिबार, फागुन ३, २०८१

सरकार र रूबी खानबीच सहमती

धोबीको मृत्यु र कुर्मी बेपत्ता घटनाबारे सरकारले छानविन गर्ने

मेरोन्यूज २०७८ कार्तिक २ गते १५:०२

काठमाडौं । सरकार र रूबी खानबीच सहमती भएको छ । सरकारले बाँके घटनाबारे छानबिन गर्न समिति बनाएको भएसँगै रुबी खान र सरकारबीच सहमती भएको हो । गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो।

Advertisement
IMEnabil

खान विगत १२ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा अनसनरत छिन् । सहमतिसँगै उनले अनसन तोडेकी छिन् ।

बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाबारे उक्त समितिले छानबिन गरी सत्यतथ्य पत्ता लगाउने जनाइएको छ । सरकारले बनाएको उक्त समितिले एक साताभित्र छानबिनको प्रतिवेदन दिने समेत जनाईएको छ । धोबीको मृत्यु र कुर्मी बेपत्ताबारे सत्यतथ्य पत्ता लगाउन र न्याय दिलाउन माग गर्दै १४ जना महिला २० दिन हिँडेर बाँकेबाट काठमाडौं आएका थिए ।

उनीहरूलाई प्रहरीले धर्नाबाट हटाएपछि खान अनसन बसेकी थिइन् । धोबीको मृत्यु र कुर्मी बेपत्ताबारे महिला अधिकारकर्मीहरूले न्याय माग गरिरहेका छन्।

प्रतिक्रिया