सरकार र रूबी खानबीच सहमती
धोबीको मृत्यु र कुर्मी बेपत्ता घटनाबारे सरकारले छानविन गर्ने

काठमाडौं । सरकार र रूबी खानबीच सहमती भएको छ । सरकारले बाँके घटनाबारे छानबिन गर्न समिति बनाएको भएसँगै रुबी खान र सरकारबीच सहमती भएको हो । गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो।
खान विगत १२ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा अनसनरत छिन् । सहमतिसँगै उनले अनसन तोडेकी छिन् ।
बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाबारे उक्त समितिले छानबिन गरी सत्यतथ्य पत्ता लगाउने जनाइएको छ । सरकारले बनाएको उक्त समितिले एक साताभित्र छानबिनको प्रतिवेदन दिने समेत जनाईएको छ । धोबीको मृत्यु र कुर्मी बेपत्ताबारे सत्यतथ्य पत्ता लगाउन र न्याय दिलाउन माग गर्दै १४ जना महिला २० दिन हिँडेर बाँकेबाट काठमाडौं आएका थिए ।
उनीहरूलाई प्रहरीले धर्नाबाट हटाएपछि खान अनसन बसेकी थिइन् । धोबीको मृत्यु र कुर्मी बेपत्ताबारे महिला अधिकारकर्मीहरूले न्याय माग गरिरहेका छन्।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया