मंगलबार, फागुन ६, २०८१

नयाँ ड्राइभिङ लाइसेन्सको आवेदन खोल्ने विभागको तयारी

मेरोन्यूज २०७८ कार्तिक २ गते १५:५१

काठमाडौँ । यातायात व्यवस्था विभागले नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खोल्ने भएको छ । गत वैशाख १६ गतेदेखि कोरोना भाइरस महामारीका कारण बन्द भएको आवेदन प्रणाली आगामी एक सातापछि खोल्ने तयारी भइरहेको विभागले जनाएको हो ।

Advertisement
IMEnabil

अहिले आवेदन प्रणाली खोल्न प्राविधिक तयारी भइरहेको छ । करिब ६ महिना कोरोनाका कारण नयाँ आवेदन ठप्प हुँदै आएको छ । विभागले यसअघि अनुमतिपत्र भरेकाहरूका लागि लिखित र प्रयोगात्मक परीक्षा लिँदै आएको छ ।

विभागका अनुसार आगामी दिनमा दैनिक कार्यालयको कोटा निर्धारण गरी आवेदन लिइने छ । कार्यालयहरुले आफ्नो क्षमताअनुसार कोटा तोकेर आवेदन खुलाउने छन् ।

प्रतिक्रिया