भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने मिति परिवर्तन
मेरोन्यूज
२०७८ कार्तिक २ गते १६:३३
काठमाडौँ । सरकारले बालबालिकालाई दिँदै आएको भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने मिति परिवर्तन गरेको छ । हरेक वर्ष कार्तिक ३ र ४ गते खुवाउँदै आएको भिटामित ए र जुकाको औषधि यस वर्ष ७ र ८ गते खुवाउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै मिति परिवर्तन भएको जनाकारी दिएको हो । यस वर्ष नियमित समयमा दशैँ परेकाले मिति सार्नु परेको मन्त्रालयले जनाएको छ ।
यस्तै, भिटामिन ए र जुकाको औषधि खुवाउन जाँदा सही तरिकाले मास्क प्रयोग गरी भौतिक दूरी कायम गर्नसमेत आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरस रोकथामका मापदण्ड पालना गरी कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।

सम्बन्धित














बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय
टोखाबाट यसवर्ष पाँच करोड बढीको चाकू बिक्री
ऐतिहासिक ढुङ्गेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
प्रतिक्रिया