पहिरोले घर पुरिँदा धरानमा दुई बालबालिकाको मृत्यु
मेरोन्यूज
२०७८ कार्तिक २ गते १७:२४
काठमाडौँ । सोमबारदेखि अविरल परेको वर्षाका कारण घर पुरिँदा धरानमा दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका १३ नागेश्वर मार्ग बस्ने निसान राईकी छोरी ८ वर्षीया निसु राई र चार वर्षीय छोरा निहान राई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
मंगलबार दिउँसो करिब २ बजे घरमाथि पहिरो खस्दा निसान राईको टिनको छाना भएको एक तले घर पुरिएको छ । घटनाको जानकारी पाएलगतै इलाका प्रहरी कार्यालय धरानबाट उद्धारका लागि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
पुरिएको सो घरबाट प्रहरीले दिउसो साढे ३ बजे दुई बच्चाको शव निकालेको हो ।
सम्बन्धित
प्रतिक्रिया