मंगलबार, माघ २९, २०८१

प्रतिनिधिसभाको बैठक सर्‍यो

मेरोन्यूज २०७८ कार्तिक २ गते १९:१२

काठमाडौं । प्रतिनिधिसभाको बैठक दुई दिन पर सरेको छ । प्रतिनिधिसभाको बैठक यहि कार्तिक ९ गतेका लागि बोलाइएको थियो ।

Advertisement

तर, ९ गते प्रमुख विपक्षी नेकपा एमालेको पालिका अधिवेशन परेकाले प्रतिनिधिसभाको बैठक सारिएको संसद सचिवालयले जनाएको छ । ९ गते एमालेले देशभर पालिका अधिवेशन गर्दैछ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अर्को बैठक कार्तिक ११ गते दिउँसो २ बजे बैठक बस्ने तय भएको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया