शनिबार, फागुन ३, २०८१

पहिरोले घर पुरिँदा परिवारका ६ जनाको मृत्यु

मेरोन्यूज २०७८ कार्तिक ३ गते ११:०८

काठमाडौँ । अविरत वर्षासँगै आएको पहिरोले घर पुर्दा हुम्लामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । जिल्लाको खार्पुनाथ गाउँपालिका ५ मा रहेको स्थानीय धनवीरे शाहीको घर पुरिँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

Advertisement
IMEnabil

पहिरोमा परी ७० वर्षीय धनवीरेसहित उनकी छोरी आशा शाही, ज्वाइँ कलबहादुर शाही, १३ वर्षीय अलिन्द्र शाही, ५ वर्षीय हुमेश शाही र तीन वर्षीय जसबहादुर शाही रहेका छन् ।

मंगलबार राति घरमाथिबाट आएको पहिरोले पुरिँदा उनीहरूको मृत्यु भएको हो ।

प्रतिक्रिया