आइतबार, माघ २७, २०८१

बाढीले प्रहरी कार्यालय डुबानमा

मेरोन्यूज २०७८ कार्तिक ३ गते ११:२६

काठमाडौँ । गत आइतबारदेखि सुरु भएको अविरल वर्षाका कारण प्रहरी कार्यालय डुबानमा परेको छ । कर्णाली नदीबाट आएको बाढीले इलाका प्रहरी कार्यालय टीकापुर डुबानमा परेको हो ।

Advertisement

कर्णाली नदीमा पानीको बहाव अत्याधिक भएपछि कर्णाली नदीसँग जोडिएको रानी जमरा कुलरिया कुलाको पानी गाउँ हुँदै बजार पुगेको हो । साेही क्रममा प्रहरी कार्यालयसहित विभिन्न भवनहरू डुबानमा परेकाे हो ।

अहिले टीकापुर बजारको अधिकांश भागसमेत डुबानमा परेका छन् ।

प्रतिक्रिया