पहिरोमा परी इलाममा तीन जनाको मृत्यु, सञ्चार सेवा अवरुद्ध
मेरोन्यूज
२०७८ कार्तिक ३ गते १३:००
काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी पहिरोबाट इलाममा तीन जनाको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका ३ का विभिन्न स्थानमा गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको हो ।
नेपाली कांग्रेस सूर्योदय नगरपालिका–३ का सचिव धड्कन शर्माले दिएको जानकारीअनुसार मंगलबार मध्य राति करिब १२ देखि २ बजेको समयमा गएको पहिरोबाट मेहेलबोटे निवासी ४५ वर्षीय निरा दर्जीको मृत्यु भएको छ ।
बुधबार बिहान करिब ११ बजे सूर्योदय–३, जिलका ४९ वर्षीय विष्णुमाया तामाङ र उनका छोरा १८ वर्षीय विशाल तामाङको पनि शव फेला परेको शर्माले जानकारी दिए ।
यस्तै, नयाँबजार–फिक्कल जोड्ने मयुखोलास्थित पक्की पुल बगाएको प्रहरीले जनाएको छ । जिल्लामा धेरै क्षति भए पनि सञ्चार सेवा अवरुद्ध हुँदा पूरा तथ्यांक आउन बाँकी रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया