वर्षासंगै हावाहुरीले च्याउ खेतीमा असर

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका २ रामजानकी टोलमा पूर्व प्रहरी हवल्दार कृपासिँह खडायतले यस वर्ष आठ कट्टा जमिनमा च्याउ खेती गरेका थिए । भर्खरै तयार पारिएका केही हटरामा च्याउ राख्दै थिए भने केहीमा राख्न बाँकी थियो । नेपाल पूर्व प्रहरी कृषि सहकारी संस्था लिमिटेड अन्तर्गत च्याउ उत्पादन प्राविधिक तथा प्रविधी आयोजना फर्मबाट उनले यस वर्ष च्याउ खेती सुरु गरेका थिए ।
तीन वर्षदेखि च्याउ खेती गर्न सुरु गरेको संस्था अन्तर्र्गत यस वर्ष खेती गर्ने पालो खडायतको जिम्मामा थियो । सोही अनुसार उनले आठ कट्ठा जग्गामा च्याउ खेती सुरु गरेका थिए ।
आइतबार परेको अबिर वर्षाका कारण उनको च्याउ खेतीमा पूर्णरुपमा नोक्सान भयो । चालु आर्थिक वर्षको असोज ११ गतेदेखि च्याउ खेती सुरु गरेका थिए । ‘१२ सय पोका च्याउ राखेको थिए,’ उनले भने, ‘तर आइतबार आएको हावाहुरीले सबै च्याउ बिगारि दियो । च्याउ राख्ने टहरा÷छानासमेत हावाहुरीले उडाउदा च्याउ जति सबै खराब भयो ।’

वर्षासंगैको हावाहुरीले लगाइएको च्याउ सखाप भएपछि उनको लाख ८४ हजार रुपैयाँ खेर गएको छ । ‘हावाहुरीले टहराका छाना जति सबै उडाइदियो,’ उनले भने, ‘भित्र पानी पसेपछि सबै च्याउमा नोक्सान भयो ।’
उनले छ वटा हटरा तयार पारेका थिए । अरु बाँकी चार वटा टहरा बनाउन बाँकी थियो । ‘तीन वटा टहरामा च्याउ हालेको थिए बाँकी तीन वटा टहरामा च्याउ हाल्न बाँकी थियो,’ उनले भने, ‘वर्षाले गर्दा च्याउ हाल्न पाइएन अहिले सबै पोका च्याउ खेर ग¥यो ।’

उनले तयार पारिएका १२ सय पोकामध्ये छ सय ७६ पोका मात्रै टहरामा हालेको थिए । बाँकी पाँच सय २३ पोका च्याउ टहरामा हाल्न नपाउँदै फाल्नुपरेको उनले बताए । ‘सम्बन्धी निकायले हेरदिए त केही राहत हुने थियो,’ उनले भने, नत्र भन्ने लगानी सबै डुब्यो ।’
प्रतिक्रिया