गुप्तचरको अधिकृत बनाइदिन्छु भन्दै लाखौं ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)को अनुसन्धान अधिकृत पदमा जागिर लगाईदिन्छु भन्दै लाखौं ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा जिल्ला सुरुङ्गा कनकाई न।पा ३ घर भई हाल काठमाडौँ चावहिल बस्ने ३५ बर्षीय निलम भट्टराई रहेका छन् । भट्टराईलाई महाशाखाको टोलीले मंगलबार सुर्खेतको विरेन्द्रनगरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका भट्टराईले तनहुँ शुक्लागण्डकीकी दुर्गा पौडेल न्यौपानेलाई आफू राष्ट्रिय अनुसन्धान विभागको उच्च अधिकारी र नेपाल टेलिभिजनको पत्रकार समेत भएको र आफ्नो पहुँच गृह मन्त्रालयको उच्च अधिकारीहरूसँग रहेको भन्दै झुक्याएको महाशाखाले जनाएको छ ।
महाशाखा अनुसार आफ्नो पहुँच माथिसम्म रहेको भन्दै उनले पौडेललाई गुप्तचरमा जागिर लगाइदिन सक्छु तर जागिर खान पन्ध्र लाख रुपैयाँ लाग्छ भनी प्रलोभनमा पारेर पटकपटक गरी चौध लाख पचास हजार रुपैयाँ लिएर फरार भएका थिए ।
पक्राउ परेका भट्टराईलाई थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बुधबार महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँमा पठाइएको महाशाखाले जनाएको छ ।
















Gold, silver prices go up
खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प
चलचित्र ‘लालीबजार’आजदेखि प्रदर्शनमा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया