बिहीबार, कार्तिक २९, २०८१

बाढीपहिरोबाट मृत्यु हुने १०१ पुगे, ४१ बेपत्ता

मेरोन्यूज २०७८ कार्तिक ४ गते २०:१३

काठमाडौं । दुई दिनअघिको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ ।

बाढीपहिरोमा परि देशभर अहिलेसम्म १०१ जनाको मृत्यु हुनुका साथै ४१ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Advertisement

प्रहरी प्रधान कार्यालयकाअनुसार, बाढीपहिरोमा परी प्रदेश–१ मा ६०, वाग्मतीमा एक, कर्णालीमा सात, सुदूरपश्चिममा ३१ र लुम्बिनी प्रदेशमा दुई जनाको मृत्यु भएको छ ।

यस्तै, प्रदेश–१ मा १९, कर्णालीमा ४ र सुदूरपश्चिममा १७ गरी ४० जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पताल उपचार भइरहेको छ ।

बाढीपहिरोमा परी प्रदेश–१ मा १३, प्रदेश–२ मा एक, लुम्बिनीमा तीन, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा २३ गरी जम्मा ४१ जना बेपत्ता भएका छन् ।

बाढीका कारण जम्मा दुई हजार २३२ वटा घर डुबानमा परेका छन् । बाढी पहिरोले ४९ घर, आठ गोठ, छ वटा पुल र तीन वटा सरकारी कार्यालयमा क्षति पुगेको जनाइएको । अहिलेसम्म १३९ पशु चौपायको मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट एक हजार १७७ परिवार विस्थापित भएका छन् ।

बाढीपहिरोमा बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

प्रतिक्रिया