बुधबार, फागुन ७, २०८१

स्कटल्यान्ड टी–२० क्रिकेटको ‘सुपर १२’ मा प्रवेश

मेरोन्यूज २०७८ कार्तिक ५ गते ६:४६

काठमाडौँ । ओमानलाई पराजित गर्दै स्कटल्यान्ड आईसीसी टी–२० विश्व कप क्रिकेटको ‘सुपर १२’ मा प्रवेश गरेको छ । बिहीबार राती भएको खेलमा घरेलु टिम ओमानलाई ८ विकेटले पराजित गर्दै स्कटल्यान्ड पहिलो पटक विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको हो ।

Advertisement
IMEnabil

ओमानले दिएको १ सय २३ रनको लक्ष्य स्कटल्यान्डले १७ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो ।

यस्तै बंगलादेश पनि आईसीसी टी–२० विश्व कप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ । बिहीबार कुवेतमा भएको खेलमा पपुवा न्युगिनी ९पीएनजी० लाई ८४ रनले हराउँदै बंगलादेश सुपर १२ मा प्रवेश गरेको हो ।

प्रतिक्रिया