पाँच वर्षीय बालकसहित दुई शव फेला
मेरोन्यूज
२०७८ कार्तिक ५ गते १७:१९
काठमाडौँ । पाँच वर्षीय बालकसहित शुक्रबार बैतडीमा दुई जना मृत फेला परेका छन् । सुर्नया गाउँपालिका ५ कक्स्याली ४७ वर्षीय ध्वजबहादुर विष्ट असोज २९ गते घोड धौनीस्थित दाजुको घरबाट आफ्नो घर जान्छु भन्दै हिँडेका उनी मृत फेला परेका हुन् । उनको मृत्युको कारण खुल्न नसकेको प्रहरी प्रवक्ता दर्शन खड्काले जानकारी दिए ।
यसैबीच डिलाशैनी ४ मठैराजका पाँच वर्षीय सुभम विष्ट पनि मृत फेला परेका छन् । उनको शव दोगडाकेदार ६ चम्तडी नजिक चौलानी नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ ।
कात्तिक २ गते सुभमकी आमा २८ वर्षीया जयन्ती विष्टले सुभमसहित जमाडी नदीमा हाम फालेकी थिइन् । जयन्तीको अवस्था अझै अज्ञात रहेको छ । जयन्तीका श्रीमान् घरमै छन् । घटनाबारे अनुसन्धान अगाडि बढाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया