इण्डोनेशियासँग नेपाल २–० ले पराजित
मेरोन्यूज
२०७८ कार्तिक ५ गते २०:३६

काठमाडौं । तेइस वर्षमुनीको नेपाली राष्ट्रिय फुटबल टोली इन्डोनेसियाको यु–२३ टोलीसँग पराजित भएको छ ।
एएफसी यु–२३ एसियन कप छनोटको तयारी स्वरुप ताजिकिस्तानमा शुक्रबार साँझ भएको खेलमा नेपाल २–० ले पराजित भएको हो ।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफको ५० मिनेटमा र इन्ज्यूरी समयमा गरी दुई गोल खाएको थियो ।
एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् ।
नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा तथा दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा खेल्दैछ ।
समूहको अन्तिम खेल भने नेपालले लेबनानसँग अक्टोबर ३१ मा खेल्ने छ ।
उत्कृष्ट चार टोलीले एएफसी यु–२३ एसियन कप खेल्ने मौका पाउनेछन् ।
सम्बन्धित









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको निधन
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
प्रतिक्रिया