पाँच वर्षीय बालिकामाथि यौन शोषण गर्ने उपप्राध्यापक पक्राउ
मेरोन्यूज
२०७८ कार्तिक ६ गते १०:३०
काठमाडौँ । पाँच वर्षीय बालिकामाथि यौन शोषण गरेको आरोपमा उपप्रध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५१ वर्षीय उपप्रध्यापक कपिलदेव मण्डल रहेका छन् ।
जनकपुरधामको जनक हजारी संस्कृत विद्यापीठमा प्राध्यापन गर्दै आएका उपप्रध्यापक मण्डलले आफ्नै घरमा भाडामा बस्ने एक जनाको छोरीलाई यौन शोषण गर्दै आएको प्रहरीले जनाएको छ । जनकपुरधाम ८ मा बस्ने उपप्रध्यापक मण्डलको यौन शोषणका कारण बालिकाको यौन अंगमा घाउ देखिएको छ ।
मण्डलले पूजाको मौकामा छोरीमाथि यौन शोषण गरेको पीडित परिवारको दाबी रहेको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी परेसँगै उनलाई प्रहरीले प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले पीडित बालिकाको शुक्रबार मेडिकल जाँच गराएको छ । उनीमाथि बाल यौन दुर्व्यवहारसम्बन्धी मुद्दा चलाइने धनुषा प्रहरीले जनाएको छ ।
सम्बन्धित
















भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया