मोहन वैद्यको स्वास्थ्यमा सुधार, डिस्चार्ज गर्ने तयारी

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको स्वास्थ्यमा सुधार भएको छ । एकसाताअघि अस्पताल भर्ना गरिएका वैद्य बोल्न सक्ने र आफै खानासमेत खान थालेका छन् ।
स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गर्ने तयारी भएको वैद्यपत्नी सुष्मा वैद्यले बताइन् । उनलाई आइतबार डिस्चार्ज गर्ने तयारी भइरहेको उनले जानकारी दिइन् ।
लामो समयदेखि नै दमरोगबाट पीडित वैद्यलाई दम बढेपछि गत शनिवार साँझ काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका वैद्यको सवै छाती लगायतका सबै परीक्षणहरु राम्रो आएको परिवारले जनाएको छ ।
वैद्यको स्वास्थ्य अवस्था बुझ्न भन्दै उपराष्ट्रपति नन्दबहादुर पुन, गृहमन्त्री बालकृष्ण खाँण, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरु नर्भिक अस्पताल पुगेका थिए ।










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया