आईसीसी विश्वकप टी-ट्वान्टीमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौँ । आईसीसी विश्वकप टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज आइतबार दुई खेल हुँदैछ ।
आईसीसी विश्वकपमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । समूह २ मा रहेका भारत र पाकिस्तानबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।
लामो समयबाट राजनैतिक तनाब रहदै आएको भारत र पाकिस्तानबीच जसको असर खेल क्षेत्रमा देखिने गरेको छ ।
दुबै टिम आईसीसी र एसीसीको प्रतियोगिता बाहेक एक अर्काविरुद्ध खेल्ने गरेका छैनन् ।
सन् २०१९ को एकदिवसीय विश्वकपपछि भारत र पाकिस्तानबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो भने सन् २०१६ पछि टी–ट्वान्टी विश्वकप दुई टोली पहिलो पटक खेल्न लागेका हुन् ।
सन् २०१६ को विश्वकपमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो भने २०१९ को एकदिवसीय विश्वकपमा पनि भारत विजयी भएको थियो।
त्यस्तै सारजाहमा हुने आजको पहिलो खेलमा बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । श्रीलंका र बंगलादेशबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।









नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
निर्वाचन आयोगले तोक्यो ३ सहायक प्रवक्ता
नेसपा, प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच पाँच बुँदे सहमति
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
ओली हावा कुरा गर्छन्, उनीबाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन् : प्रचण्ड
उपसचिव र शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा (नामावलीसहित)
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो: संयोजक दाहाल
प्रतिक्रिया