मंगलबार, फागुन ६, २०८१

सल्यानमा जीप दुर्घटना, एकको मृत्यु, सात घाइते

मेरोन्यूज २०७८ कार्तिक ७ गते १८:२३
Print

काठमाडौं । सल्यानमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

Advertisement
IMEnabil

सल्यानको वागचौरबाट दाङतर्फ जाँदै गरेको भे १ च १८९० नम्बरको जीप कपुरकोट गाउँपालिका–३ स्थित मूलपानी नजिकै आइतबार दिउँसो दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा परी बागचौर नगरपालिका–१ निवासी १४ वर्षीय आयुष बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । घाइतेहरूको प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ ।
जीप सडकबाट झण्डै एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया