अमेरिकाले अनुदानमा उपलब्ध गराएको फाइजर खोप नेपाल आइपुग्यो
मेरोन्यूज
२०७८ कार्तिक ८ गते १०:३०

काठमाडौँ । अमेरिकाले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरस कोभिड-१९ विरुद्धको १ लाख ६२० डोज खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मार्फत उपलब्ध गराइएको फाइजर खोप आज कतार एअरवेजको विमानमार्फत् नेपाल आइपुगेको हो ।
अमेरिकाले नेपाललाई यसअघि १५ लाखभन्दा बढी डोज जोन्सन एन्ड जोन्सन खोप दिएको थियो । फाइजर खोप १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । एक महीनाको अवधिमा दुई डोज लगाउनुपर्ने फाइजर खोप ९५ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानबाट पुष्टि भएको छ ।
सम्बन्धित















‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
‘हान्टाभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
इरान अमेरिका तनाव बढ्दा तेल मूल्य उकालो, शेयर बजार ओरालो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया