काठमाडौंको नयाँ बानेश्वर खण्डको सडक भासियो (फोटोफिचर)
मेरोन्यूज
२०७८ कार्तिक ८ गते १७:२२

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित सडक भासिएको छ । तीनकुने–सडक खण्डको नयाँ बानेश्वरस्थित यातायात ब्यवस्था विभागको अगाडिको मुख्य सडक भासिएको हो ।
यसअघि पोखरामा पनि पटक पटक सडक भासिने र भ्वाङ पर्ने गरेको थियो । पोखराका सडक भासिए पनि काठमाडौंमा भने सम्भवतः पहिलो पटक सडक भासिएको हो ।
सडकमा करिब ८ फिट गहिरो भ्वाङ देखिएपछि त्यसलाई भत्काएर खाल्डो पुर्ने तयारी गरिएको छ । मुख्य सडकको बीचभागमै भ्वाङ परेपछि सोमबार उक्त सडक केहीवेर अवरुद्ध भएको थियो ।
भासिएको क्षेत्रलाई घेरा लगाएर बन्द गरिएपछि बाटो एकतर्फी सञ्चालन भएको छ ।
सडक भासिएको ठाउँमा खन्दै जाँदा भित्र ढल निकास भेटिएको छ ।



सम्बन्धित









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
प्रतिक्रिया