मंगलबार, फागुन ६, २०८१

लगातार तेस्रो दिन शेयर कारोबार बढ्यो

मेरोन्यूज २०७८ कार्तिक ९ गते १५:५४

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक साताको तेश्रो दिन मंगलबार हरियाली छाएको छ ।

Advertisement
IMEnabil

बजार परिसूचक ७८ दशमलब ८२ अंकले वृद्धि भई २ हजार ७ सय ५१.०७ बिन्दुमा पुगको छ । यो अघिल्लो दिनको तुलनामा २.९५ प्रतिशत धेरै हो ।

मंगलबार कारोबार भएका सबै १३ कम्पनी समुहका उपसुचकमा सुधार आएकाले भएको नेप्से हरियालीमा सबै लगानीकर्ता रमाएका छन् । कूल २२७ कम्पनीको ७२ हजार ९ सय ७३ कारोबारबाट ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९ सय ३२ रुपैयाँ बराबरका १ करोड १४ लाख ८६ हजार १ सय २३ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगसँग छलफल गरेसँगै शेयर बजारमा उमंग देखिएको शेयर लगानीकर्ताले जनाएका छन् ।

सोमबार प्रधानमन्त्री देउवाले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर निर्वाचनका विषयमा छलफल गरेका थिए ।

विगत दुई महिनाको अवधिमा ७ सय अंकले घटेको सेयर बजारमा देउवाको उक्त भेटले एकाएक रौनक ल्याइदिएको लगानीकर्ता नवराज अधिकारीले मेरोन्यूजलाई बताए ।

प्रतिक्रिया