मंगलबार, फागुन ६, २०८१

कोरोना प्रभावितलाई एक अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह

राष्ट्र बैंकद्वारा १३ बैंकलाई कारबाही

मेरोन्यूज २०७८ कार्तिक ९ गते १६:००

काठमाडौं । सरकारले कोरोनाबाट प्रभावित पर्यटन तथा घरेलु उद्योगका कर्मचारी तथा श्रमिकका लागि चालू आर्थिक वर्षको दोस्रो महीनासम्ममा १ अर्ब रुपैयाँ बराबरको कर्जा उपलब्ध गराएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ उक्त परिमाणको कर्जा उपलब्ध गराइएको हो । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको पर्यटन, घरेलु, साना तथा मझौला उद्यमलाई राहत उपलब्ध गराउने गरी सरकारले विशेष व्यवस्था गरेको छ ।

गत आर्थिक वर्ष २०७७/ ७८ र चालू आर्थिक वर्ष २०७८/७९ को बजेटमा समेत कोरोना प्रभावित क्षेत्रलाई विशेष राहतको व्यवस्था गरेको छ । राष्ट्र बैंकले समेत गत र चालू आर्थिक वर्षको मौद्रिक नीतिमा समेत व्यवसाय र उद्यमका पक्षमा विशेष नीतिगत प्रबन्ध गरेको छ ।

बैंकले जारी गरेको चालू आर्थिक वर्षको दोस्रो महिनाको विवरणअनुसार कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा १ अर्ब रुपैयाँ स्वीकृत भएको बताएको छ ।

यस्तै केन्द्रीय बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा गत भदौ मसान्तमा १ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ बराबरको छ । सो अवधिसम्म १ लाख २० हजार ७१५ ऋणीले सहुलियतपूर्ण कर्जा प्रवाह लिएका छन् ।

उक्त कर्जामध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५१ हजार २७२ जना ऋणी लाभान्वित छन् । ती ऋणीले १ खर्ब २१ अर्ब ६ करोड रुपैयाँ कर्जा लिएका छन् । महिला उद्यमशील कर्जा अन्तर्गत ६६ हजार ६९० जना महिला उद्यमी लाभान्वित भएका छन ।

सो शीर्षकमा ६२ अर्ब ३७ करोड रुपैयाँ कर्जा उपयोग भएको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ७५३ जना ऋणी लाभान्वित भएको केन्द्रीय बैंकले बनाएको छ ।

यसैबीच ब्याजदर बढाएर बजारमा आंतक सिर्जना गरेका वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले सचेत गराउँदै चेतावनी दिएको छ ।

गत असोज महिनामा केही बैंकहरुले नियम विपरित ब्याज बढाएका थिए । कात्तिक १ देखि बैंकहरु निक्षेप तान्नको लागि ब्याजदरमाा होडबाजी गरेका थिए ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले निर्देशन विपरित ब्याजदर बढाएका बैंकहरुलाई सचेत बनाएको जानकारी दिए । उनले जथाभावी ब्याजदर बढाउने बैंकलाई राष्ट्र बैंकले सचेत बनाउने काम गरेकाले १३ बैंकलाई कारबाही गर्ने प्रकृया समेत अगाडी बढाएको समेत उल्लेख गरे । (रासस)

Advertisement
IMEnabil

प्रतिक्रिया