भेट्रान्स फुटबल–आर्मीको जीत

काठमाडौँ । राजधानीमा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा नेपाल आर्मी भेट्रान्स क्लबले लगातार दोस्रो जीत दर्ता गराएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा आर्मीले फर्पिङ स्पोर्ट्स क्लबलाई ४–१ गोल अन्तरले पराजित गदै दोस्रो जीत दर्ता गराएको हो ।
पहिलो खेलमा आर्मीले फुटबल फेलोसिप क्लबलाई ७–१ गोल अन्तरले पराजित गरेको थियो । यस जीतसँगै आर्मीले २ खेलमा ६ अङ्क जोड्यो ।
आर्मीको जीतमा राजु तामाङले दुई गोल गरे भने विकर्ण श्रेष्ठ र नवीन न्यौपानेले एक–एक गोल गरे ।
यता फर्पिङका लागि भने निरज श्रेष्ठले एक गोल फर्काएका थिए ।फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी उक्त प्रतियोगितामा विभिन्न २१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी २१ टोलीलाई विभिन्न सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टोली दोस्रो चरणमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख ५० हजार पाउनेछन् । रासस
















चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचनको प्रतिवेदन
आफ्नै पत्नीको खुट्टा काटेर पति फरार
निर्माणाधीन सडकमा दुर्घटनाको जोखिमः सचेतना बोर्ड राख्दै प्रहरी
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया