भेट्रान्स फुटबल–आर्मीको जीत

काठमाडौँ । राजधानीमा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा नेपाल आर्मी भेट्रान्स क्लबले लगातार दोस्रो जीत दर्ता गराएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा आर्मीले फर्पिङ स्पोर्ट्स क्लबलाई ४–१ गोल अन्तरले पराजित गदै दोस्रो जीत दर्ता गराएको हो ।
पहिलो खेलमा आर्मीले फुटबल फेलोसिप क्लबलाई ७–१ गोल अन्तरले पराजित गरेको थियो । यस जीतसँगै आर्मीले २ खेलमा ६ अङ्क जोड्यो ।
आर्मीको जीतमा राजु तामाङले दुई गोल गरे भने विकर्ण श्रेष्ठ र नवीन न्यौपानेले एक–एक गोल गरे ।
यता फर्पिङका लागि भने निरज श्रेष्ठले एक गोल फर्काएका थिए ।फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी उक्त प्रतियोगितामा विभिन्न २१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी २१ टोलीलाई विभिन्न सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टोली दोस्रो चरणमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख ५० हजार पाउनेछन् । रासस










थारू महिलाको पौरख : नेपालगञ्जलाई अर्ग्यानिक स्वाद
एनपीएलको टिकट बुकिङ खुला, मूल्य ५ सयदेखि २ हजारसम्म
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको मृत्युको अफवाह फैलिएपछि सन्नी देओल के भन्छन् ?
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णय
फुटबलबाट सन्यास लिँदै रोनाल्डो
प्रतिक्रिया