बिहीबार, वैशाख २४, २०८३

गृह मन्त्रालयका १३ उपसचिवको सरुवा (सूचिसहित)

मेरोन्यूज २०७८ कार्तिक ११ गते ६:४७

काठमाडौँ । गृह मन्त्रालयले १३ उपसचिवको काज सरुवा गरेको छ । मन्त्रालयले बुधबार निजामती ऐन २०४९ को दफा १८ (क) बमोजिम उपसचिवको काज सरुवा गरेको हो ।

Advertisement
NiccNicc

काज सरुवा हुनेमा गृह मन्त्रालयमा रहेका उपसचिव श्रीधर केसी सहायक प्रमुख जिल्ला अधिकारीमा खटाइएका छन् । लक्ष्मण ढकाल कारागार व्यवस्थापन विभागमा, मोहनप्रसाद अर्याल इलाका प्रहरी कार्यालय सिमरामा, बासुदेव घिमिरे राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, हरिप्रसाद पन्त जिल्ला प्रशासन कार्यालय ललितपुरमा, ललितकुमार बस्नेत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा सरुवा गरिएको छ ।

यस्तै कल्पना घिमिरे राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, नारायण पाण्डे इलाका प्रशासन कार्यालय चन्द्रौटामा, ईश्वरीप्रसाद ढकाल जिल्ला प्रशासन कार्यालय कास्कीमा, विष्णु पौडेल जिल्ला प्रशासन कार्यालय बाँकेमा, मीना अर्याल राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा, सागर शाह कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागमा र श्रवणकुमार पोखरेल कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया