एएफसी यू–२३ : आज नेपाल र ताजिकिस्तान खेल्दै

काठमाडौँ । एएफसी यू–२३ एसियन फुटबल कप छनोटको दोस्रो खेलमा नेपालले आज आयोजक ताजिकिस्तानविरुद्ध खेल्दै छ ।
रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने प्रतिस्पर्धामा आज नेपाल घरेलु टोलीलाई रोक्दै अंक जोड्ने लक्ष्यमा हुनेछन् । नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार ७ः४५ हुनेछ ।
छनोट अन्तर्गत पहिलो खेलम बलियो टोली इरानविरुद्ध ४–० ले पराजित भएको नेपाल आज घरेलु टिमविरुद्ध मैदान उत्रदा पहिलो अंकको खोजीमा हुनेछ । हारबाट प्रतियोगिताको सुरुआत गरेको नेपाललाई अंक जोड्ने लक्ष्यका साथ मैदान उत्रिनेछ ।
समूह बी अन्र्तगत आफ्नो पहिलो खेलमा ताजाकिस्तानले लेबननमाथि जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको थियो । सोही लयलाई ताजिकिस्तान निरन्तरता दिन चाहन्छ ।
यस समूहमा ३ अंक जोडेको इरान शीर्ष र ताजिकिस्तान ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अंक विहीन लेबनान तेस्रो र नेपाल पुछारमा रहेको छ ।
छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा लेबनानसँग आगामी आइतबार खेल्ने तालिका छ । ११ समूहका शीर्ष टोलीसहित उत्कृष्ट चार उपविजेता टोलीले एएफसी यु–२३ एसियन कप खेल्नेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन महिनामा आयोजना हुने तालिका रहेको छ ।









विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्दै चितवन
एनपीएलमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन
आयनले ल्यायाे ‘दि एक्सट्राओडिनरी एक्सचेन्ज अफर’
पोखरामा केई र फोर्थिङको सोरुम सञ्चालनमा
तोडफोड आगजनी भएका सार्वजनिक निकायलाई कागजात अद्यावधिक गर्न आह्वान
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
सुरक्षा निकायलाई आवश्यक सवारी साधन खरिद गर्न गृहले थाल्यो अन्तिम प्रक्रिया
प्रतिक्रिया