मंगलबार, फागुन ६, २०८१

कोका–कोलाले नेपालका फ्रन्टलाइन हिरोहरूलाई कृतज्ञता व्यक्त गर्दै

मेरोन्यूज २०७८ कार्तिक ११ गते १२:३४

काठमाडौँ । “धन्यवाद” थिमको दशैँ अभियानमा कोका–कोलाले कोभिड–१९ को समयमा खटिएका स्वास्थ्य सेवा क्षेत्र र गैर–सरकारी संस्था जस्ता विभिन्न क्षेत्रका अग्रणी योद्धाहरुलाई समर्पित गरेर अन–ग्राउन्ड एक्टिभेसन गर्दै आइरहेको छ ।

Advertisement
IMEnabil

आफ्नो अन–ग्राउन्ड एक्टिभेसनको आधा मार्ग पूरा गर्दै, कोका–कोलाले पाटन अस्पताल र वीर अस्पताल जस्ता दुई ठूला कोभिड–१९ अस्पतालहरू र विभिन्न गैरसरकारी संस्थाहरू जस्तै आरएनए–१६, अभ्नी भेन्चर, डोको रिसाइक्लर्स, ब्लू वेस्ट २ भ्यालु र सानो पाइलामा आफ्नो पहुँच पुर्याएको छ । कोका–कोलाले अग्रपंक्तिका नायकहरुसँग संलग्न रहेर “धन्यवाद” उपहार बक्सलाई बाढ्दै आइरहेको छ । जसमा व्यक्तिगत कोकको बोतल साथै कोका–कोलाको कन्टूर ग्लास समावेश रहेको छ ।

कोका–कोलाका ब्रान्ड एम्बेसेडर स्वस्तिमा खड्का वीर अस्पतालमा भएको कार्यक्रममा स्वास्थ्य सेवाका अग्रपंक्तिमा कार्यरत कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गरिन् । वीर अस्पतालका प्राध्यापक डा. भूपेन्द्र कुमार बस्नेतले कोभिड–१९ को दोस्रो लहरको समयमा हामीले दैनिक ३५० कोभिड बिरामीहरूलाई सेवा प्रदान गर्नेमा नर्स, क्लिनर, वार्डको टीम र डाक्टरहरू सबैले निडर भएर गरेर त्यस संकटलाई जितेको दाबी गरे ।

महामारीको अग्रपंक्तिमा रहेका कामदारहरू प्रति कृतज्ञता बाँड्ने कोका–कोलाको धन्यवाद अभियानले हामीलाई धेरै सम्मानित महसुस गराएको विभिन्न क्षेत्रले जनाएका छन् ।

यस अभियानको बारेमा बोल्दै बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले विगत डेढ वर्ष हाम्रो लागि कठिन रहेको छ । तर हाम्रो फ्रन्टलाइन कामदारहरूको मद्दतले गर्दा हामीले सम्भव नहुने चुनौतिहरू पनि पार गर्दै आएको जानकारी दिए । उनले धन्यवाद अन–ग्राउन्ड एक्टिभेसन उहाँहरूलाई हाम्रो हार्दिक “धन्यवाद” ज्ञापन गर्नेे एउटा सानो प्रयास भएको दाबी गरे ।

कोका–कोलाले सबै प्रियजनहरुप्रति कृतज्ञता प्रदान गर्ने थिमका साथ हालै दशैँ अभियानको लन्च गरेको थियो । “धन्यवाद” शीर्षक रहेको यस अभियानको मुख्य आशय भनेको महामारीको कठिन समयमा हाम्रा लागि साथीको रुपमा सथै सहयात्री रहेका उपभोक्ताहरुलाई एउटा कोकको बोटलको मार्फत धन्यवाद ज्ञापन गर्नु रहेको कोकाकोलाले जनाएको छ ।

प्रतिक्रिया