बुधबार, फागुन ७, २०८१

प्रधानसेनापति भारत भ्रमणमा जान स्वीकृत

मेरोन्यूज २०७८ कार्तिक ११ गते १८:१३

काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा तीन दिनका लागि भारत भ्रमणमा जाने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सेनापतिको भ्रमण स्वीकृत सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

Advertisement
IMEnabil

कात्तिक २३ गते भारत जान लागेका प्रधानसेनापति शर्मा २६ गते स्वदेश फर्किने भएका छन् । उनी भारतले प्रदान गर्ने मानार्थ महारथीको सम्मान ग्रहण गर्न जान लागेका हुन् ।

यस्तै, आज बसेको मन्त्रिपरिषद् बैठकले उपरथी सरोजप्रताप राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया