भारतीय ट्रकको ठक्करबाट सुरुङमार्गमा काम गर्न युवाको मृत्यु
मेरोन्यूज
२०७८ कार्तिक १२ गते १०:४६

काठमाडौँ । धादिङदेखि काठमाडौँ जोड्ने सुरुङमा मार्गमा काम गर्ने एक युवाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेट भएको ट्रकले ठक्कर दिँदा धादिङकै धुनिबेशी नगरपालिका ९ कानकोटका २९ वर्षीय ओमकृष्ण पाण्डेको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय खानीखोलाका अनुसार ट्रकको ठक्करबाट घाइते भएका पाण्डेको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा मृत्यु भएको हो । बिहीबार राति सवा ८ बजे भारतीय ट्रकले उनलाई ठक्कर दिएको थियो ।
फरार रहेका ट्रक चालकको खोजी भइरहेको प्रहरी जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया