मंगलबार, मंसिर २५, २०८१

विदेशबाट आउने फोन कलको अनुगमन गर्ने प्रणाली जडान

मेरोन्यूज २०७८ कार्तिक १२ गते १२:०२

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अब विदेशबाट आउने सम्पूर्ण कलको स्वचालित अनुगमन गर्ने प्रणाली जडान गर्ने भएको छ । प्राधिकरणले यसअघि अन्तर्राष्ट्रिय कल मनिटरिङ सिस्टम जडान गर्न माग गरेको बोलपत्र नै खारेज गरेकोमा सर्वोच्च अदालतको आदेशसँगै इन्टरनेशनल कल मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम जडान गर्ने भएको सूचना अधिकृत सूर्यप्रसाद लामिछानेले जनाएका छन् ।

Advertisement

यो प्रणालीले नेपाल भित्रिने सम्पूर्ण कलहरुको अनुगमन गर्ने छ भने त्यसको जानकारी र रेकर्डसमेत राख्ने दुरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणले उक्त प्रणाली जडानका लागि चालु आर्थिक वर्षमा आवश्यक पर्ने ७० करोड रुपैयाँ पूरक बजेट स्वीकृत गरेको छ । सोहीअनुसार मन्त्रालयसँग अनुमतिसमेत माग गरेको जनाएको छ ।

विदेशबाट आउने सम्पूर्ण कलको स्वचालित अनुगमन गर्ने प्रणाली सेवा प्रदायकहरुको रियल टाइम डाटा अन लोकल एण्ड इन्टरनेशनल ट्राफिकलाई हेर्ने प्रणाली हो । नेपाल धेरै अन्तर्राष्ट्रिय कल आउने मुलक भएकाले भीओआईपी कल बाइपास जस्ता अपराधसमेत हुने गरेकाले यस्ता समस्याको अनुगमन गरी न्यूनीकरण गर्ने उद्देश्यले कल अडिट प्रणाली स्थापना गर्न टेरामोससम्बन्धी कार्य गर्ने योजना रहेको प्राधिकरणले उल्लेख गरेको छ ।

दूरसञ्चार प्राधिकरणले मोबाइल टेलिफोन, इन्टरनेट सेवा प्रदायकहरुको क्रियाकलापलाई अनुगमन, नियमन तथा उपभोक्ताको हकहितको संरक्षणको लागि भनी सेवा प्रदायकहरुले पेश गर्ने कल ट्राफिक डिटेललाई मापन तथा अनुगमन गर्ने प्रणाली हो । त्यसैगरी सेवा प्रदायकबाट हुन सक्ने राजस्व छलीलाई न्यूनीकरण समेत गर्ने अनुमान छ ।

प्रतिक्रिया