बुधबार, माघ ३०, २०८१

विश्वको उत्कृष्ट देशमा नेपाल ८ औँ स्थानमा

मेरोन्यूज २०७८ कार्तिक १२ गते १२:२७

काठमाडौँ । विश्वको घुम्नु पर्ने उत्कृष्ट देशहरूमा नेपाल पनि समावेश भएको छ । प्रतिष्ठित ट्राभल म्यागजिन लोन्ली प्लानेटले नेपाललाई सन् २०२२ मा घुम्नै पर्ने १० उत्कृष्ट देशमो सूचीमा नेपाललाई राखेको हो ।

Advertisement

म्यागजिनले बिहीबार सार्वजनिक गरेको सूचीमा नेपाल आठौं स्थानमा रहेको छ । पहिलो स्थानमा कूक आइल्यान्ड र दोस्रो नर्वे छन् ।

यस्तै, तेस्रोमा मौरिसस, चौथोमा बेलिज, पाँचौँमा स्लोभानिया, छैटौँमा एंगुउला, सातौँमा ओमान, आठौँमा नेपाल, नवौँमा मालावी र र दसौँमा इजिप्ट रहेका छन् ।

प्रतिक्रिया