सोमबार, मंसिर १७, २०८१

चिनियाँ ब्रान्ड चेरीले नेपालमा सुरु गर्यो बिक्री

मेरोन्यूज २०७८ कार्तिक १२ गते १८:२२

काठमाडौं । चिनियाँ ब्रान्ड चेरीले फेरि नेपालमा बिक्रीवितरण सुरु गरेको छ । सारडा गु्रप अन्तर्गतको एसपीजी अटोमोबाइल्सले चेरीको एसयूभी सेग्मेन्टबाट नेपालमा बिक्री सुरु गरेको हो ।

योसँगै करिब १ दशकअघि नेपालबाट बाहिरिएको ब्रान्ड पुनः नेपाली बजारमा आएको हो । एसपीजी अटोमोबाइल्सले थापाथलीमा शोरुम खोलेको कम्पनीको सेल्स संस्थाले जनाएको छ ।

चीनमा सन् १९९७ मा चेरी अटोमोबाइल्स को.लि. स्थापना भएको थियो । विश्वका ८० बढी देशमा चेरीका गाडी गुडिरहेका छन् । कम्पनीले एरिजो, टिगो, एक्सिडलगायतका मोडल उत्पादन गर्दै आएको छ ।

९० लाखभन्दा बढी गाडी बिक्री गरिसकेको चेरीले चीनमा जागुअर ल्यान्ड रोभर मोटरसँग मिलेर गाडी उत्पादन गर्ने गर्छ ।

नेपालमा हाल टिगो फोर प्रो गाडी नेपाल भित्रिसकेको छ । एसपीजी मोर्टसले शुक्रबार काठमाडौंमा कार्यक्रम गर्दै टिगो ७ प्रो र टिगो ८ प्रो छिट्टै नेपाल भित्राउने जानकारी दिएको हो । जस अन्तर्गत १४ सय ९८ सीसी २ सय एमएम ग्राउन्ड क्लियरेन्स, मजबुत सुरक्षा फिचर आकर्षक इन्टेरियर १०.२५ इन्चको कन्ट्रोल एचडी डिस्प्ले रहेको कारको ३० वर्षको वारेन्टी दिइएको छ ।

Advertisement

प्रतिक्रिया