फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
मेरोन्यूज
२०७८ कार्तिक १२ गते २१:३३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढेको हो ।
नेपाल आयल निगमका अनुसार पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढेको छ ।
यस्तै, आन्तरिक तथा बाह्य हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले बढेको निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा क्रुड आयलको मूल्य आकाशिएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि भारतमा पनि यसको मूल्य बढेको छ ।
नेपालले भारतबाट इन्धन आयात गर्दै आएको छ । भारतमा मूल्य बढेपछि नेपालमा पनि मूल्य बढाइएको हो ।

सम्बन्धित









प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच के भयाे कुराकानी ?
मुख्य न्यायाधिवक्ता महतो पदमुक्त
क्षतिग्रस्त सिंहदरबार अवलाेकन गर्दै पूर्वराष्ट्रपति भण्डारीले भनिन्- चाँडै पुनःनिर्माण हुनेमा विश्वास छ
जनकपुरलाई कर्णालीले दियो १३० रनको लक्ष्य
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
प्रतिक्रिया