अफगानिस्तानबाट नेपालीको उद्दार सकियो
मेरोन्यूज
२०७८ कार्तिक १३ गते १२:५८

काठमाडौँ । अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार कार्य सम्पन्न भएको छ । राजधानी काबुलमा गत तीन महिनादेखि उद्धारका लागि पर्खेर बसेका नेपालीहरू आज बिहान काठमाडौं आइपुगेका हुन् ।
उनीहरु काबुलबाट इरान हुँदै शुक्रबार साँझ दुबईमा पुगेका थिए । उनीहरू नेपाल एयरलाइन्स र फ्लाई दुबईका विमानबाट नेपाली आइपुगेका हुन् ।
तालिबानले अफगानिस्तानको सत्ता नियन्त्रण गरेसँगै नेपाल, अमेरिकासहित विभिन्न देशका नागरिक आफ्नो मुलुक फर्किएका थिए । नेपालीको उद्दारको खर्च नेपाल सरकारले व्योहोर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । अफगानिस्तानबाट करिब एक हजार नेपालीको उद्दार गरिएको हो ।
सम्बन्धित
प्रतिक्रिया