नेप्सेको सीईओ पदका लागि आवेदन खुला

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन खुला भएको छ ।
अर्थ मन्त्रालयले गठन गरेको नेप्सेको सीईओ छनोट सिफारिस समितिले शनिबार सूचना जारी गरी आवेदन माग गरेको हो । खुला प्रतिस्पर्धाबाट नेप्सेको सीईओ नियुक्ति प्रक्रिया अगाडि बढाएको हो ।
प्रमुख कार्यकारी अधिकृतका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरी पूँजीबजार वा उद्योग वा वाणिज्य वा वित्त वा लेखा वा कानुन वा व्यवस्थापन क्षेत्रहरूमध्ये कुनै एक वा एक भन्दा बढी क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेको हुनुपर्ने उल्लेख छ ।
आवेदक ३० वर्ष पूरा भई ६० ननाघेको हनु पर्नेछ ।
यसअघि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजक, अर्थ मन्त्रालयकै सहसचिव रितेश शाक्य सदस्य र विज्ञ सदस्यमा नेप्सेका पूर्व अध्यक्ष जीवनाथ धिताल सदस्य रहेको सिफारिस समिति गठन भएको थियो ।
नेप्सेका पूर्वकार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएपछि उक्त पद पनि खाली छ । साउद सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा संलग्न भएका थिए ।
प्रतिक्रिया