फुटबल टोलीका मुख्य प्रशिक्षक अलमुताइरी नेपाल आइपुगे
मेरोन्यूज
२०७८ कार्तिक १४ गते ९:४५

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल आइपुगेका छन् । साफ च्याम्पियनसिपपछि माल्दिभ्सबाट कतार गएका अलमुताइरी शनिबार राती नेपाल पुगेका हुन् ।
नेपाल आएका अलमुताइरीले विमानस्थलमा नेपाल फर्किन पाउँदा खुशी लागेको बताए । अखिल नेपाल फुटबल संघ एन्फासँगको छलफलपछि तीन वर्ष सम्झौता गर्नेबारे सहमति भएको छ । अलमुताइरीको प्रशिक्षणमा नेपाल पहिलो पटक साफको फाइनल पुगेको थियो । फाइनलमा नेपाल भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो।
सम्बन्धित
प्रतिक्रिया