बुधबार, फागुन ७, २०८१

‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नारासहित जनगणनामा सुरु

मेरोन्यूज २०७८ कार्तिक १४ गते १७:००

काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ सुरु भएको छ । जिल्ला जनगणना कार्यालयको नेतृत्वमा सबै स्थानीय तहमा एक साथ राष्ट्रिय जनगणना सुरु गरिएको हो ।

Advertisement
IMEnabil

हिजो कात्तिक १३ गतेदेखि देशभर मुख्य गणनाका लागि गणकहरुको तालिम सुरु गरिएको जिल्ला जनगणना कार्यालय, काठमाडौंका सहायक जिल्ला जनगणना अधिकारी बलराम दुलालले जानकारी दिए । यो तालिम कार्तिक १७ गतेसम्म हुनेछ । काठमाडौं जिल्लाबाहेकका अन्य जिल्लामा भने कात्तिक १६ गतेसम्म मात्रै गणकहरुको तालिमको व्यवस्था गरिएको उनले बताए श्र

केन्द्रीय तथ्यांक विभागले यही कात्तिक २५ गतदेखि मंसिर ९ गतेसम्म मुख्य गणनाको काम सुरु गर्दै छ । सोही गणनाका लागि गणकको तालिम सुरु गरिएको काठमाडौं जिल्ला जनगणना अधिकारी धर्मरत्न बज्राचार्यले जानकारी दिए ।

मुख्य जनगणनाका लागि काठमाडौँमा ३ वटा स्थानमा ४५७ जना गणक सो तालिममा सहभागी भएका छन । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नाराका साथ सुरु भएको जनगणनामा सहभागी हुन विभागले सबैलाई आह्वान गरेको छ ।

प्रतिक्रिया