मंगलबार, फागुन ६, २०८१

सन् २०३० सम्म वन फडानी अन्त्य हुने

मेरोन्यूज २०७८ कार्तिक १६ गते १५:०६

काठमाडौँ । स्कटल्याण्डको ग्लास्गोमा जारी संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन कोप–२६ मा विश्वका नेताहरूको एक समूहले सन् २०३० सम्ममा वन फडानी नियन्त्रण गर्ने प्रतिबद्धता जनाउने भएको छ ।

Advertisement
IMEnabil

उनीहरूले मंगलबार सन् २०३० सम्ममा वन फडानी रोक्नेसम्बन्धी सहमतिमा हस्ताक्षर गर्ने भएका हुन् । जारी कोप–२६ मा हुने यो पहिलो प्रमुख सहमतिका रुपमा हेरिएको छ ।

यसरी वन फडानी नियन्त्रणका लागि सहमति गर्नेमा तीव्र रुपमा कटान भइरहेको अमेजन रेन फरेस्ट रहेको ब्राजिल पनि हुने ‘दि इकोनोमिक टाइम्स’ले जनाएको छ । कार्बनडाइअक्साइड कटौतीका लागि महत्वपूर्ण भूमिका रहेका रुख काटिँदा जलवायु परिवर्तनमा सहयोग पुग्ने गरेको छ ।

सम्झौतामा वन संरक्षण तथा पुनर्स्थापनाका लागि थप वित्तीय लगानीको वाचासमेत गरिने छ । विश्वको वन क्षेत्रको ८५ प्रतिशतभन्दा बढी क्षेत्र ओगट्ने सयभन्दा बढी देशले वन फडानी नियन्त्रणसम्बन्धी सहमतिमा हस्ताक्षेर गर्ने तयारी गरेका हुन् ।

यस्तै, २८ देशले विश्वव्यापी खाद्यन्न व्यवसायका लागि वन फडानी नगर्ने सहमति पनि गर्ने छन् । खाद्यन्न उत्पादन तथा पशुका लागि चरन क्षेत्र बनाउन वन फडानी गर्ने गरिएको छ ।

प्रतिक्रिया