पाकिस्तान पाँचौँ पटक टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा
मेरोन्यूज
२०७८ कार्तिक १७ गते ७:१९

काठमाडौँ । पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति आबुधाबीमा भएको खेलमा नामिबियालाई ४५ रनले हराउँदै पाकिस्तान सेमिफाइनलमा पुगेको हो ।
पाकिस्तान लगातार चार खेल जित्दै पाँचौँ पटक टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको हो । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा २ विकेट गुमाएर एक सय ८९ रन बनाएको थियो । एक सय ९० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४४ रन बनायो ।
जितसँगै पाकिस्तानले चार खेलमा आठ अंक बनाएको छ । पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेट, दोस्रो खेलमा न्युजिल्यान्ड र तेस्रो खेलमा अफगानिस्तानलाई समान ५–५ विकेटले हराएको थियो । यसअघि समूह एकबाट इङ्ग्ल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
प्रतिक्रिया