कार्यवाहक प्रधानमन्त्री खाँण सुर्खेतमा

सुर्खेत । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाँण सुुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा सुर्खेत आइपुगेका हुन् ।
मन्त्री खाँणले ती जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रका स्थानीयवासीसँग क्षति र पुनःनिर्माणका लागि चाल्नुपर्ने कदमबारे अन्तक्र्रियासमेत गर्नेछन् । गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म ती जिल्लामा भएका बाढीपहिराको घटनामा परी ठूलो जनधनको क्षति भएको थियो ।
गृहमन्त्रीलाई खाँणलाई कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीलगायतका नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरे । गृहमन्त्रीका साथ ती जिल्लाका सांसद्, पूर्वमन्त्री एवं जनप्रतिनिधि र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेललगायत सहभागी छन् ।










झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई
प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा उत्रिए बासिन्दा
क्रिकेटः नेपालद्वारा भारत ९२ रनले पराजित
बागलुङमा पिकअप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो
कांग्रस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मधेश प्रदेशका सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा दले कालो मोसो
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
प्रतिक्रिया