मंगलबार, फागुन १९, २०८२

टेलिकमको फोरजी सेवा नाम मात्रको : सञ्चारमन्त्री कार्की

मेरोन्यूज २०७८ कार्तिक १७ गते १२:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाल टेलिकमको फोरजी सेवा नाम मात्रको भएको बताएका छन् । सञ्चार मन्त्रालयको पहिलो त्रैमासिक समिक्षामा उनले टेलिकमको फोरजी सेवा नाम मात्रको भएको बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

सञ्चारमन्त्री कार्कीले टेलिकमले फोरजीका लागि २० अर्ब खर्च गर्यो तर सेवा व्यवहारमा नभएर किताबमा मात्र सीमित गरेको आरोप लगाए । पर्याप्त साधनस्रोत र जनशक्ति हुँदाहुँदै सरकारी सेवा प्रदायकले निजीसँग प्रतिस्पर्धा गर्न नसकेकोमा उनले दुखेसो पोखे ।

सञ्चारमन्त्री कार्कीले सरकारी कम्पनी टेलिकमले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सेवा नदिएकाले आगामी दिनमा प्रतिस्पर्धामा उत्रन नसके कारबाहिको प्रकृयामा जाने चेतावनी दिए ।

उनले आफू राजनीतिक नेतृत्व भएकाले सामथ्र्य अनुसार टेलिकमदेखि सूचना प्रविधि रुपान्तरणका लागि हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाए ।

सूचना प्रविधिको कारणले विश्व ‘ग्लोबल भिलेज’ मा परिणत भएको र नेपालले समेत उक्त अवधारणालाई आत्मसात् गरे मात्रै समय सापेक्ष हुने मन्त्री कार्कीको भनाई थियो । कोभिड–१९ को असरलाई केलाउँदै उनले विकासको प्रतिफललाई लिन त्यतिकै हकदार रहेका र नेपाली रहेकोमा गर्व गर्ने विकटका बालबालिकालाई समेत लक्षित गरी सेवा प्रभावकारी बनाउनेतर्फ ध्यान दिनुपर्ने उनले बताए ।

समीक्षा कार्यक्रममा नेपाल टेलिभिजन, रेडियो नेपाल, मुद्रण विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र, दूरसञ्चार प्राधिकरण, नेपाल दूर सञ्चार कम्पनी लिमिटेड, विज्ञापन बोर्ड, प्रेस काउन्सिल नेपाल, हुलाक सेवा विभाग, सूचना तथा प्रसारण विभाग, चलचित्र विकास बोर्डलगायतका प्रमुखले आ–आफ्नो प्रगती विवरण प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया