इन्टरनेट बैंकिङ कारोबारमा गिरावट

काठमाडौँ । नेपालमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार संख्या र रकम पछिल्लो एक महिनामा निकै घटेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक प्रतिवेदनमा भाद्र मसन्तसम्म इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार संख्या ३ लाख १ हजार १२ रहेको पाइएको छ ।
यो गत श्रावण मसान्तसम्ममा ३ लाख ४० हजार ५२५ रहेको थियो । १ महिनाको अवधिमा नेपालमा इन्टरनेट बैंकिङ मार्फत् भएको कारोबार संख्या ३९ हजार ५१३ ले घटेको केन्द्रीय बैंकले जनाएको छ ।
गत आर्थिक वर्ष २०७७÷७८को असारदेखि चालु आर्थिक वर्ष २०७८÷७९श्रावण मसान्तसम्मको १ महिनामा इन्टरनेट बैंकिङ मार्फतको कारोबार ११ हजारले बढेको थियो । नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार भदौ मसान्तसम्म कारोबार रकम पनि १ अर्ब ६६ करोड ७० लाख रुपैयाँले घटेको छ ।
कारोबार संख्यामा ह्रास आएसँगै कारोबार रकममा पनि असर पर्ने प्रतिवेदनमा उल्लेख छ । अघिल्लो महिना अर्थात् श्रावण मसान्तसम्म इन्टरनेट बैंकिङमार्फत् १५ अर्ब १७ करोड १० लाख रुपैयाँको कारोबार भएकामा भाद्र मसान्तसम्म आइपुग्दा कारोबार रकम १३ अर्ब ५० करोड ४० लाख रुपैयाँमा पुगेको केन्द्रीय बैंकले जनाएको छ ।









प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई फर्काउन सर्वोच्चको आदेश
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु
सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
एनपिएल : आज दुई खेल हुँदै
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
प्रतिक्रिया