इन्टरनेट बैंकिङ कारोबारमा गिरावट

काठमाडौँ । नेपालमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार संख्या र रकम पछिल्लो एक महिनामा निकै घटेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक प्रतिवेदनमा भाद्र मसन्तसम्म इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार संख्या ३ लाख १ हजार १२ रहेको पाइएको छ ।
यो गत श्रावण मसान्तसम्ममा ३ लाख ४० हजार ५२५ रहेको थियो । १ महिनाको अवधिमा नेपालमा इन्टरनेट बैंकिङ मार्फत् भएको कारोबार संख्या ३९ हजार ५१३ ले घटेको केन्द्रीय बैंकले जनाएको छ ।
गत आर्थिक वर्ष २०७७÷७८को असारदेखि चालु आर्थिक वर्ष २०७८÷७९श्रावण मसान्तसम्मको १ महिनामा इन्टरनेट बैंकिङ मार्फतको कारोबार ११ हजारले बढेको थियो । नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार भदौ मसान्तसम्म कारोबार रकम पनि १ अर्ब ६६ करोड ७० लाख रुपैयाँले घटेको छ ।
कारोबार संख्यामा ह्रास आएसँगै कारोबार रकममा पनि असर पर्ने प्रतिवेदनमा उल्लेख छ । अघिल्लो महिना अर्थात् श्रावण मसान्तसम्म इन्टरनेट बैंकिङमार्फत् १५ अर्ब १७ करोड १० लाख रुपैयाँको कारोबार भएकामा भाद्र मसान्तसम्म आइपुग्दा कारोबार रकम १३ अर्ब ५० करोड ४० लाख रुपैयाँमा पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

















दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा
कालीकोटका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुग्यो
नेप्से ३८ अंकले बढ्दा कारोबार रकम ६ अर्बमाथि
चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसेमैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो
ललितपुरको दाउरा थकालीमा आगलागी
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
प्रतिक्रिया