पोखरा म्याराथन फागुन ७ गत हुने

काठमाडौँ । भुतपुर्व खेलाडी मन्चले आयोजना गर्दै सफल पोखरा म्याराथन फागुन ७ गते देखि हुने भएको छ । पोखरामा बुधबार पत्रकार सम्मेलन गर्दै १६ ओैं म्याराथन आागामी फागुन ७ गते हुने बताएको हो ।
यो संस्करण देखि प्रतियोगिताका बिजेताले पाउने नगद पुरस्कारको रकम पनि बढेको छ । बढेको पुरस्कार अनुसार प्रथम हुनेले ४ लाख पाउने छन् भने उपबिजेतालाई २ लाख, तेश्रोलाई १ लाख र चौंथोलाई ३० हजार पुरस्कार दिईने आयोजकले बताएको छ । अघिल्लो संस्करणमा प्रथम पुरस्कार २ लाख थियो ।
नेपालको म्याराथनमा यो नै सबैभन्दा धेरै पुरस्कार राशी भएको प्रतियोगिता हो । प्रतियोगितामा १० किमी पुरुष तथा महिला, ५ किमी छात्रछात्रा, ह्वील चियर र दृष्टीबिहिन दौड हुने पत्रकार सम्मेलनमा अध्यक्ष हरि पराजुलीले बताए । प्रतियोगितालाई सुजल डेरीले आगामी ३ वर्ष सम्म प्रायोजन गर्ने भएको छ ।
अघिल्लो वर्ष प्रतियोगिताको लागि सुजल डेरीले साढे ४ लाख रुपैयाँ उपलब्ध गराएको थियो भने आगामी वर्ष देखि सम्झौता भएको रकममा वर्षेनी १० प्रतिशत रकम बढाउने सहमति पनि भएको छ ।









इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
छुटे दुर्गा प्रसाईं
प्रतिक्रिया