आईसीसी टी–२० क्रिकेटमा भारतको पहिलो जित

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले पहिलो जित निकालेको छ । आबुधाबीमा गएराति भएको खेलमा भारतले अफगानिस्तानलाई ६६ रनले हराएको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा २ विकेट गुमाएर दुई सय १० रन बनाएको थियो । भारतले दिएको दुई सय ११ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन बनायो । जितसँगै सेमिफाइनलमा भारतले झिनो सम्भावना कायम राखेको छ ।
यसअघि भारत पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएको थियो । भारतले शुक्रवार स्कटल्यान्डसँग र सोमवार नामिबियासँग खेल्ने खेलमा फराकिलो जित र न्युजिल्यान्ड बाँकी दुई खेलमा एकमा पराजित भए नेट रनरेटको आधारमा भारत सेमिफाइनल पुग्ने झिनो आशा कामम छ । सुपर १२ को समूह दुईमा पाकिस्तान शीर्ष स्थानमा छ । अफगानिस्तान दोस्रो र न्युजिल्यान्ड तेस्रो स्थानमा छ । भारत चौथो र नामिबिया पाँचौँ स्थानमा छ । छैटौँ स्थानमा रहेको स्कटल्यान्ड बाहिरिएको छ ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
प्रतिक्रिया