आईसीसी टी–२० क्रिकेटमा भारतको पहिलो जित

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले पहिलो जित निकालेको छ । आबुधाबीमा गएराति भएको खेलमा भारतले अफगानिस्तानलाई ६६ रनले हराएको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा २ विकेट गुमाएर दुई सय १० रन बनाएको थियो । भारतले दिएको दुई सय ११ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन बनायो । जितसँगै सेमिफाइनलमा भारतले झिनो सम्भावना कायम राखेको छ ।
यसअघि भारत पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएको थियो । भारतले शुक्रवार स्कटल्यान्डसँग र सोमवार नामिबियासँग खेल्ने खेलमा फराकिलो जित र न्युजिल्यान्ड बाँकी दुई खेलमा एकमा पराजित भए नेट रनरेटको आधारमा भारत सेमिफाइनल पुग्ने झिनो आशा कामम छ । सुपर १२ को समूह दुईमा पाकिस्तान शीर्ष स्थानमा छ । अफगानिस्तान दोस्रो र न्युजिल्यान्ड तेस्रो स्थानमा छ । भारत चौथो र नामिबिया पाँचौँ स्थानमा छ । छैटौँ स्थानमा रहेको स्कटल्यान्ड बाहिरिएको छ ।









आयनले ल्यायाे ‘दि एक्सट्राओडिनरी एक्सचेन्ज अफर’
पोखरामा केई र फोर्थिङको सोरुम सञ्चालनमा
तोडफोड आगजनी भएका सार्वजनिक निकायलाई कागजात अद्यावधिक गर्न आह्वान
बाघ गणना आगामी पुस १ गतेदेखि
जेनजी आन्दोलनले दीपकको सपनाको उडान रोकियो
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया