केसी परिवारले सहारा एकेडेमीलाई वार्षिक १५ लाख सहयोग गर्ने

पोखरा । सहारा एकेडेमीलाई पोखराको व्यावसायिक घराना सूर्यबहादुर केसी परिवारले वार्षिक १५ लाखका दरले १० वर्ष सहयोग गर्ने भएको छ ।
सूर्यबहादुर केसीकी धर्मपत्नी प्रेमकुमारी , छोराहरू प्रकाश, किरण र रोशन केसीका उपस्थितिमा सहारा क्लबका अध्यक्ष हरि गुरुङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । एकेडेमीको जिम्मेवारी लिएसँगै सहारा क्लब एकेडेमीको नामसमेत परिवर्तन गरिएको छ । क्लबसँग १० वर्षे सम्झौता गर्दै ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ नामाकरण गरिएको छ । सम्झौताअनुसार केसी परिवारले एकेडेमीका लागि वार्षिक १५ लाख दिने सहमतिपत्रमा उल्लेख छ ।
सम्झौता आदान–प्रदान कार्यक्रममा युवा उद्योगपती प्रकाश केसीले सहारासँग आफ्ना बुबाको संस्थागत निकटता र सबैलाई मायाको दृष्टिकोणले हेर्ने भएकाले पनि परिवारले एकेडेमीको सञ्चालनका लागि सम्झौता गरेको बताए ।
हिमश्री फुड्सका निर्देशक किरण केसीले आफ्नो बुवाको नाम सहारा एकेडेमीसँग जोडिन पाउँदा निकै गौरव लागेको जनाए । अर्का छोरा रोशनले आफ्नो बुवाको काम र विचारलाई स्थापित गर्ने सँगै जीवन्त बनाइराख्न सहारा एकेडेमीसँग जोडिएको बताए । उनले भविष्यमा समेत सहाराका हरेक कार्यमा हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
सहयोगदाताका भरमा सञ्चालन हुँदै आएको एकेडेमीमा पहिलोपटक ठूलो राशिको सहयोग केसी परिवारले गरेको हो । एकेडेमीमा १४ जिल्लाका २४ कठिन परिस्थितिका बालक आश्रित रहँदै आएको क्लबका अध्यक्ष हरि गुरुङले जानकारी दिए । सहयोगबाट उनीहरुको शिक्षा, दीक्षासहित फुटबल प्रशिक्षण एकेडेमीले खर्च गर्नेछ । हालसम्म सहारा युके, सहारा हङकङ र सहारा अष्ट्रेलियाबाट सहयोग पठाउने गरिएको थियो । एकेडेमी चलाउनकै लागि क्लबले आहा रारा गोल्डकप आयोजना गर्दै आएको छ । सहारा क्लबले आयोजना गर्दै आएको आहा रारा गोल्डकपको २०औँ संस्करण माघ ६ देखि सुरु हुने अध्यक्ष गुरुङले जानकारी दिए ।
हिमश्री फुड्सको उत्पादन आहा रारा चाउचाउको नाममा केसी परिवारले फुटबल प्रतियोगिताको मुख्य प्रयोजनसमेत गरेको छ । सहारा क्लबले आफैँले जग्गा खरिद गरेर दोविल्लामा एकेडेमी सञ्चालन गरेको छ ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया