केसी परिवारले सहारा एकेडेमीलाई वार्षिक १५ लाख सहयोग गर्ने

पोखरा । सहारा एकेडेमीलाई पोखराको व्यावसायिक घराना सूर्यबहादुर केसी परिवारले वार्षिक १५ लाखका दरले १० वर्ष सहयोग गर्ने भएको छ ।
सूर्यबहादुर केसीकी धर्मपत्नी प्रेमकुमारी , छोराहरू प्रकाश, किरण र रोशन केसीका उपस्थितिमा सहारा क्लबका अध्यक्ष हरि गुरुङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । एकेडेमीको जिम्मेवारी लिएसँगै सहारा क्लब एकेडेमीको नामसमेत परिवर्तन गरिएको छ । क्लबसँग १० वर्षे सम्झौता गर्दै ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ नामाकरण गरिएको छ । सम्झौताअनुसार केसी परिवारले एकेडेमीका लागि वार्षिक १५ लाख दिने सहमतिपत्रमा उल्लेख छ ।
सम्झौता आदान–प्रदान कार्यक्रममा युवा उद्योगपती प्रकाश केसीले सहारासँग आफ्ना बुबाको संस्थागत निकटता र सबैलाई मायाको दृष्टिकोणले हेर्ने भएकाले पनि परिवारले एकेडेमीको सञ्चालनका लागि सम्झौता गरेको बताए ।
हिमश्री फुड्सका निर्देशक किरण केसीले आफ्नो बुवाको नाम सहारा एकेडेमीसँग जोडिन पाउँदा निकै गौरव लागेको जनाए । अर्का छोरा रोशनले आफ्नो बुवाको काम र विचारलाई स्थापित गर्ने सँगै जीवन्त बनाइराख्न सहारा एकेडेमीसँग जोडिएको बताए । उनले भविष्यमा समेत सहाराका हरेक कार्यमा हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
सहयोगदाताका भरमा सञ्चालन हुँदै आएको एकेडेमीमा पहिलोपटक ठूलो राशिको सहयोग केसी परिवारले गरेको हो । एकेडेमीमा १४ जिल्लाका २४ कठिन परिस्थितिका बालक आश्रित रहँदै आएको क्लबका अध्यक्ष हरि गुरुङले जानकारी दिए । सहयोगबाट उनीहरुको शिक्षा, दीक्षासहित फुटबल प्रशिक्षण एकेडेमीले खर्च गर्नेछ । हालसम्म सहारा युके, सहारा हङकङ र सहारा अष्ट्रेलियाबाट सहयोग पठाउने गरिएको थियो । एकेडेमी चलाउनकै लागि क्लबले आहा रारा गोल्डकप आयोजना गर्दै आएको छ । सहारा क्लबले आयोजना गर्दै आएको आहा रारा गोल्डकपको २०औँ संस्करण माघ ६ देखि सुरु हुने अध्यक्ष गुरुङले जानकारी दिए ।
हिमश्री फुड्सको उत्पादन आहा रारा चाउचाउको नाममा केसी परिवारले फुटबल प्रतियोगिताको मुख्य प्रयोजनसमेत गरेको छ । सहारा क्लबले आफैँले जग्गा खरिद गरेर दोविल्लामा एकेडेमी सञ्चालन गरेको छ ।









म्याग्दीमा धान उत्पादन बढ्यो
नेक्सजेन म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
जेनजी आन्दोलनका क्रममा आगजनी, तोफोड र लुटपाट गर्ने ४३ जना पक्राउ
सुशासन मार्फत् जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ
झापामा तीन सयभन्दा बढी बालबालिकामा अटिजम
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया