शुक्रबार, मंसिर २८, २०८१

अवरुद्ध राजमार्ग सञ्चालन

मेरोन्यूज २०७८ कार्तिक १९ गते १५:०९

काठमाडौँ । अवरुद्ध कर्णाली करिडोर सञ्चालनमा आएको छ । कालिकोटको नरहरिनाथ गाउँपालिकाको लालीघाटबाट हुम्लाको सल्लीसल्लासम्मको सडक खण्डको पहिरो पन्छाएर सडक सञ्चालनमा आएको हो ।

Advertisement

पहिराको कारण करिडोरका विभिन्न ठाउँमा ठूला–ठूला ढुंगा खसेर अवरुद्ध भएको थियो । अवरुद्ध सडक खुलाउन नेपाली सेनाले निरन्तर काम गरेको थियो ।

सेनानी प्रेम कार्कीले अवरुद्ध सडक १५ दिनपछि खुलाएको जानकारी दिनुभयो । उनले भने, “निरन्तर काम गरेर पहिरो पन्छाई सडक पूर्ण रूपमा सञ्चालनमा ल्याऔँ ।”

सडक अवरुद्ध हुँदा कालिकोट, बाजुरा र हुम्लाका धेरै नागरिकले सास्ती खेप्नु परेको थियो । गत असोज ३१ देखि चार दिन लगातार परेको वर्षाले कर्णाली करिडोर अवरुद्ध भएको थियो ।

प्रतिक्रिया