मोरङमा पहिनान नखुलेको पुरुष मृत भेटिए

मोरङ । जिल्लाको बिराटनगर महानगरपालिका-१६ स्थित खोलामा एक जना पुरुष मृत अवस्थामा फेला परेको हो ।
बिराटनगर-१६ स्थित दरैया मसहरी बस्ती नजिकैको खदम खोलामा पहिचान नखुलेको एक जना पुरुष मृत अवस्थामा फेला परेको हो ।
पहिचान नखुलेको अन्दाजी बर्ष २५/२६ को पुरुष मृत अवस्थामा फेला परेको र हाल उक्त मृत ब्यक्ति कोशी अस्पताल विराटनगरको शव गृहमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उक्त शवसँग सम्बन्धित आफन्तजनले जिल्ला प्रहरी कार्यालय मोरङको ९८५२०३८३५५ मा सम्पर्क राख्न अनुराध गरेको छ ।
पहिचानका लागि
लिङ्ग : पुरूष
वर्ण : गहुँ गोरो
कपाल :कालो
उमेर : अन्दाजी २५/२६ बर्ष जस्तो देखिने
उचाई : ५ फिट ४ ईन्च
कपडा : बुट्टे कट्टु लगाएको, (कालो रंगको टि-सर्ट र कालो रंगको ट्राउजर) ।
घाटीमा गणेश भगवानको टाउको भएको खैरो रंगको माला लगाएको, बाँया कानमा पहेलो धातुको कुन्डल लगाएको ।
प्रतिक्रिया