मंगलबार, फागुन ६, २०८१

साइकलबाट लड्दा एक युवाको मृत्यु

मेरोन्यूज २०७८ कार्तिक २१ गते १४:३६

काठमाडौँ । साइकलबाट लड्दा मोरङमा एक जनाको मृत्यु भएको छ । शनिबार साँझ ६ बजे मोरङ रंगेली नगरपालिका ६ टकुवामा आफैँले कुदाएको साइकलबाट लडेर सुनवर्षी नगरपालिका ६ पटियापाडाका ३० वर्षीय सत्रुघन साहको मृत्यु भएको हो ।

Advertisement
IMEnabil

उनले कुदाएको साइकल अनियन्त्रित भई लडेको थियो । घटनामा घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी रंगेलीले जनाएको छ ।

प्रतिक्रिया