बिरामीलाई सेवा नदिने स्वास्थ्यकर्मीले तलब नपाउने
काठमाडौँ । कालीकोटको पलाँता गाउँपालिका ८ थिर्पुस्थित स्वास्थ्य चौकीमा कर्मचारी नहुँदा सुत्केरीले उपचार पाउन बञ्चित भएका छन् ।
स्थानीयवासी जनबहादुर रोकायाकी श्रीमती छाइला रोकायाले शुक्रबार स्वास्थ्य चौकीमा सुत्केरी हुन आउँदा स्वास्थ्यकर्मी भेटिएका थिएनन् । सुत्केरीले उपचार नपाएपछि स्वास्थचौकी थिर्पुमा तिहारकै दिन गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले अनुगमन गर्दै सेवाग्राहीको उपचारमा संग्लन नभएका स्वास्थ्यकर्मीले तलब नपाउने बताए ।
स्वास्थ्य चौकीमा तीन अनमी, एक स्वास्थ्य सहायक, दुई अहेब, तीन कार्यालय सहयोगी, एक चौकीदार र एक बगैँचा व्यवस्थापन गर्ने गरी ११ जना कार्यरत छन् । सबै कर्मचारी तिहार बिदामा घर गएकाले स्वास्थ्य चौकीमा कोही नभएको अध्यक्ष बमले बताए ।
“स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा लापरबाही गर्ने कर्मचारीलाई हामीले कसरी राज्यको तलब दिएर राख्न सक्छौं”, उनले भने, “चाडबाडका बेला एकजना कर्मचारी स्वास्थ्य चौकीमा नहुनु विडम्बना हो ।”
गाउँपालिका अध्यक्ष बमका अनुसार स्वास्थ्य चौकीका दुई कर्मचारी अवकाश पाएको र सात कर्मचारीको कात्तिक महिनाको तलब कट्टा गरेर स्वास्थ्य चौकीको सुत्केरी कक्षको व्यवस्थापन गरिने बताए ।
तिहारको बेला ढोका बन्द गरेर बसेका स्वास्थकर्मीले सामान्य बिरामीको उपचारसमेत नपाएको गुनासो भए पनि गाउँपालिकाले बाध्य भएर त्यही आधारमा कारबाही गरिने अध्यक्ष बमले जानकारी दिए ।
















सप्तरीमा आगलागी हुँदा एक घर जलेर नष्ट
प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त
सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो
युद्धविरामअघि ओडिसामा घातक हमला
बागमती सरकारले गाडी भाडा समायोजन गर्यो, कहाँको कति ? (सूचीसहित)
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया