मंगलबार, फागुन ६, २०८१

महाधिवेशन प्रतिनिधि छनोट गर्दै एमाले

मेरोन्यूज २०७८ कार्तिक २१ गते २१:४९

काठमाडौँ । नेकपा एमालेले आशन्न दशौँ राष्ट्र्रिय महाधिवेशनको प्रतिनिधि छनोटका लागि मातहतका कमिटी र संगठनको कार्य क्षेत्रअनुसार सम्बन्धित कमिटीमै स्वच्छ, निष्पक्ष र पारदर्शी रुपमा निर्वाचन सुनिश्चित हुने गरी गर्न निर्देशन दिएको छ ।

Advertisement
IMEnabil

आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि यसअघि तय गरेको प्रतिनिधि छनोटको मापदण्डबारे थप स्पष्ट पार्दै अध्यक्ष केपी शर्मा ओलीले आज जारी गरेको अन्तरपार्टी निर्देशन १४ मा केन्द्रीय संगठन विभागमा अभिलेखित सदस्यताका आधारमा प्रतिनिधि छनोट गर्नपर्ने उल्लेख गरिएको छ ।

यही कात्तिक २७ गते देशभरका भूगोल, विशेष कमिटी र जनसंगठनबाट समावेशीताका आधारमा एक हजार नौ सय ९९ महाधिवेशन प्रतिनिधि छनोट गर्न एमालेले निर्देशन दिएको हो ।

प्रतिक्रिया